‘आभाष’को फष्टलुकले दर्शक तान्ने सुर



aavas

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र आभाषको फष्टलुक पोष्टर सार्वजनिक भएको छ । तथास्तु र अलविदासँग एकसाथ प्रदर्शन आरम्भ गर्न लागेको चलचित्र आभाषको फष्टलुक पोष्टरमा सयंम पुरी, आष्मा डिसी, सलोन बस्नेत र निशा अधिकारी देखिएका छन् । चलचित्रमा भने सुविल रावल, प्रकृति श्रेष्ठ, गोविन्द शाही लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्रको निर्माणपक्षका अनुसार चलचित्रको फष्टलुक पोष्टरले दर्शक हलसम्म तान्न चलचित्र सफल हुने बताएको छ । चलचित्रको गीत, संगीतले यति बेला दर्शकको मन जित्दै गएका कारण चलचित्रले पनि दर्शकको मन जित्नेमा चलचित्रका निर्माता तथा कलाकार गोविन्द शाही विश्वस्त देखिएका छन् । यूवापुस्ताको मनको भाव बोकेको चलचित्र आभाषलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

aavas1

क्रिएटिभ फिल्म र ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको आभाषमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने गम्भीर विष्टको नृत्य निर्देशन र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ । यस भन्दा अघि चलचित्र आभाषको टिजर, ट्रेलर र दुई वटा गीत सार्वजनिक भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu