गोलाप्रथाबाट छानियो फागुन १ मा ‘वान वे’



one-way

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन १ गतेबाट देशभर प्रदर्शनको थालनी गर्न लागेका दुई ठुला चलचित्र ‘वान वे’ र ‘अधकट्टी’ले चलचित्र क्षेत्रमा राम्रो कामको सुरुवात गरेका छन् । एकै मितिमा धेरै चलचित्र प्रदर्शन गर्दा निर्माताहरु घाटामा बस्नु पर्ने अबस्थाबाट यि दुई ठुला चलचित्रले नयाँ कामको थालनी गरेका छन् ।

यि दुई चलचित्रले वान वे’ र ‘अधकट्टी’ मध्ये फागुन १ गते कुन चलचित्र लगाउने भन्ने बिषयमा गोलाप्रथा गरेका छन् । गोलाप्रथाबाट चलचित्र ‘वान वे’ले फागुन १ गतेलाई आफ्नो प्रदर्शन मिति पक्का गरेको छ भने ‘अधकट्टी’ ले आफ्नो प्रदर्शन मिति पर सारेको छ । यो नयाँ कामको सुरुवातलाई सबैले सम्मान योग्य भन्दै तारिफ गरेका छन् ।

राजकुमार राइको निर्माणमा चलचित्र ‘वान वे’लाई सुरजसुब्बा नाल्बोले निर्देशन गरेका हुन् । आर.सी पिक्चर्सको निर्माणमा तयार भएको चलचित्र ‘वान वे’मा लेखन प्रदिप भट्टराइको, छायांकन दिपेन्द्र प्रसाद थपलिया र टेकबहादुर राइको छ । चलचित्रमा सिद्धार्थ गुरुङ, माला सुब्बा, रोबिन तामाङ, करिश्मा मानन्धर, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu