फागुन १५ मा एक्सन–थ्रिलरले भरिएको ‘मिसन पैसा रिलोडेड’



mission

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
३ बर्ष अगाडि निर्माण भएपनि हाल सम्म प्रदर्शनमा आउन नसकेको चलचित्र ‘मिशन पैसा रिलोडेड’ले आफ्नो प्रदर्शन मिति र चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले फागुन १५ गतेलाई प्रदर्शन मिति सार्वजनिक गरेको छ ।

कार्यक्रममा चलचित्रका निर्माता माधव वाग्लेले चलचित्र एक्सन–थ्रिलरमा रहेको बताउँदै चलचित्र राम्रो बनेका कारण चलचित्र प्रदर्शनमा आउने केहि ढिला भएको बताए । फिल्ममा निशा अधिकारी, आमिर गौतम, रेश महरठ्ठा, हर्षिका श्रेष्ठको साथमा अभिनेत्री प्रियंका कार्कीले एक गीतमा आइटम नृत्य गरेकी छिन् ।

फिल्ममा हरी हुमागाँइको छायांकन, राजकुमार उप्रेतीको द्वन्द्व, दिर्घ खड्काको सम्पादन, स्वर्गिय पाण्डव सुनुवारको संगीत रहेको छ । सिमोस सुनुवारले निर्देशन गरेको फिल्मलाई माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । चलचित्रलाई प्रचण्डमान श्रेष्ठले लेखेका हुन् ।

चलचित्रको सार्वजनिक ट्रेलर पनि निकै आर्कषक देखिएको छ । चलचित्रको निर्माणपक्षको अनुसार चलचित्रको सार्वजनिक ट्रेलरले पनि दर्शक हलसम्म तान्न सफल हुने बताइएको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu