‘वान वे’को गीतमा देखियो सिद्धार्थ र मालाको प्रेम (भिडियो)



one-way

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन १ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वान वे’को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा नव अभिनेता सिद्धार्थ गुरूङले नव अभिनेत्री माला सुब्बाको प्रेमलाई देखाइएको छ । ‘कसरी भनूँ’ नामक सार्वजनिक गीतमा गीतमा डम्बर नेपालीको शब्द तथा संगीत छ भने स्वर सविन राईको रहेको छ ।

उक्त गीतको करियोग्राफी संगीता श्रेष्ठले गरेकी हुन् । राजकुमार राइको निर्माणमा चलचित्र ‘वान वे’लाई सुरजसुब्बा नाल्बोले निर्देशन गरेका हुन् । आर.सी. पिक्चर्सको निर्माणमा तयार भएको चलचित्र ‘वान वे’मा लेखन प्रदिप भट्टराइको, छायांकन दिपेन्द्र प्रसाद थपलिया र टेकबहादुर राइको छ । चलचित्रमा सिद्धार्थ गुरुङ, माला सुब्बा, रोबिन तामाङ, करिश्मा मानन्धर, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप लगायतका कलाकारले अभिनय गरेका छन् ।

फागुन १ मा चलचित्र ‘अधकट्टी’ र वान वे प्रदर्शनमा आउने पक्का भएता पनि वुधबार मात्र यि दुई चलचित्रले गोलाप्रथा गरि वान वेले फागुन १ को प्रदर्शन मिति पक्का गरेको थियो ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu