‘रक्तभोग’ आगोको झिल्का हो: निर्माता तिवारी



rakhtabhog1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
महिला हिंसाको विरुद्दमा निर्माण गरिएको चलचित्र रक्तभोगको पोष्टर र प्रोमो सार्वजनिक गरिएको छ । चितवनको माडीमा २ बर्ष अगाडि २०६८ फागुन ५ गते बोक्सीको आरोपमा मारिएकी ढेगनी देवीको घटनालाई लिएर निमार्ण गरिएको चलचित्रको प्रोमो र पोष्टर राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले बिहिवार सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा आयोगकी सदस्य अन्सारीले यो चलचित्रले महिला हिसाको विरुद्दमा नयाँ आन्दोलन शुरु गर्ने बताईन् । उनले यो चलचित्रले बोक्सी प्रथा विरुद्द कडा कानुन निर्माणमा सहयोग पुर्‍याउने बताईन् । आफुले अहिलेसम्म बोक्सी नदेखेको भन्दै उनले यो गलत सस्कारको जड समाजका उच्च वर्ग नै रहेको बताईन् । राजनीतिक नेताहरु पनि बावा र धामि खोज्दै हिड्ने गरेको भन्दै उनले यस्ता बावा र धामी सवैलाई जेल हाल्नुपर्ने बताईन् ।

कार्यक्रममा बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी महतोकी ससुरा झारी महतोले आफ्नो बुहारी जसरी अरु महिला बोक्सीको आरोपमा मारिनु नपरोस भन्ने कामना गरे । यसको लागि यो चलचित्रले गाँउ गाँउमा रहेको अन्धविस्वास हटाउन भुमिका खेल्ने आशा गरे । चलचित्रका निर्देशक विवि फुयाँलले यो चलचित्र निमार्णका क्रममा भोगेका अनुभव सुनाए । उनले ढेगनीदेवीलाई निकै विभत्स तरिकाले हत्या गरिएको र उस्तै दृष्य चलचित्रमा उतारेको बताए । घाटि रेटेर, शरिर बाट मासु निकालेर रगताम्य पार्दै हत्या गरिएकी ढेगनी देवीको घटनालाई पर्दामा जस्ताको तस्तै देखेर दर्शकको मन त्यसै आन्दोलित हुने उनले बताए । उनले यो चलचित्र सुटिङ्गका क्रममा घटनालाई जस्ताको तस्तै उर्तान धेरै गा¥हो परेको भन्दै चलचित्र सुटिङ्गका क्रममा ढेगनी देवीलाई सम्झेर धेरै पटक रोएको अनुभव सुनाए ।

rakhtabhog2

चलचित्रमा ढेगनीदेवीको भुमिकामा रहेकी नायिका सारिका घिमिरेले यो चलचित्र आफ्नो जीवनकै महत्वपुर्ण चलचित्र रहेको बताईन । उनले घटनाको बिभत्स रुपका कारण शुरुमा आफुले गर्न सक्छु जस्तो नलागेको भन्दै तर पछि महिला हिसाको अन्त्यका लागि आफैबाट अभियान शुरु गर्नुपर्छ भनेर काम गरेको बताईन् ।

चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले यो चलचित्र महिला हिंसा विरुद्दमा आगोको झिल्को रहेको र सबैको साथ पाएमा यसले आगोको ज्वालाको रुप लिने बताए । केआर फिल्मस एण्ड ईन्टरटेन्मेन्टको ब्यानरमा चलचित्रको सम्पुर्ण सुटिङ्गको काम सकिएको र पोस्टपोक्डक्सनको काम अन्तिम चरणमा रहेकोले छिट्टै प्रर्दशनमा आउने निमार्ता तिवारीले बताए । उनले यो चलचित्र नेता, सभाषद, अधिकारकर्मी देखि लिएर गाँउगाँउमा गएर देखाउने बताए । यसले महिला हिसाको अन्त्यमा लागि सवैलाई आन्दोलित बनाउने उनको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य अन्सारीले यो चलचित्र राष्ट्रिय मानव अधिकार आयोगका सवै कर्मचारीलाई देखाउने वातावरण मिलाउने बताईन् । ४० लाख लगानीमा बनेको चलचित्रमा ढेगनी देवीको भुमिकामा नायिका सारिका घिमिरे, कृष्णराज तिवारी, ज्योती सापकोटा, रवि खनाल तथा अन्य कलाकारहरुमा रचना पौडेल, पोदराज पौडेल, सैलेस पौडेल वालकलाकार भुवन नेपाली लगायतले भुमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu