ड्रग्स तथा दुर्व्यसनको कथा बोकेको ‘इस्केप’ माघ २३ मा



escape

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सामाजिक जनचेतनाको आवाज बोकेको फिल्म ‘इस्केप’ आगामी माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । विहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘इस्केप’को ट्रेलर र चलचित्रको रिलिज मिति घोषणा गरिएको थियो । युवा अभिनेता प्रदिप खड्काको लगानीमा निर्माण भएको चलचित्र इस्केपमा निर्माता प्रदिपकै मुख्य अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै अभिनेत्री रिमा विश्वकर्माले पनि ‘ईस्केप’ एक सन्देशमुलक फिल्म बनेको र ड्रग्स तथा दुर्व्यसनको शिकार बनेको एक युवालाई त्यसबाट बाहिर निकाल्न प्रयास गर्ने एक युवतीको भुमिका आफुले खेलेको भन्दै युवा पुस्ताले चलचित्र इस्केप अनिवार्य रुपमै हेर्नु पर्ने दाबी गरिन् । हाल ईस्केप सम्पादनमा रहेको बताउदैं चलचित्रका सम्पादक अनन्त घिमिरेले चलचित्रलाई सम्पादन पक्षबाट आफुले राम्रो बनाउने प्रयास गरिरहेको बताए ।

प्रदिप मिडिया प्रालीको ब्यानरमा निर्माण भएको यो फिल्ममा रीमा विश्वकर्माको अलवा प्रदिप खड्का, कमल श्रेष्ठ मुख्य भूमिकामा छन् । साथमा रश्मी भट्ट, मुक्ता आचार्य, प्रकाश श्रेष्ठ, सन्तोष कार्की, निश्चल खरेल, निश्चल लामा लगायतका कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् । प्रदिप कार्कीको कथा, अमित श्रेष्ठको संगीत, चन्द्रमान ढंगोलको छायांकन रहेको यो फिल्मलाई सस्पेन्स तथा सामाजिक बिषयमा बुनिएको बताइएको छ ।

चलचित्रलाई अनन्त घिमिरेले निर्देशन गरेका फिल्ममा अमित ढुंगाना कार्यकारी निर्माता हुन् । चलचित्रमा कमल श्रेष्ठको पनि लगानी रहेको छ । चलचित्रलाई शुभकामना दिन निर्देशक दिनेश डिसी समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu