‘अग्नि पथ’को चर्चित गीतकै नाममा फिल्म ‘हजुरबाले भनेथे’, हजुरबुबा बन्दै नीर शाह



चलचित्र ‘हजुरबाले भनेथे’का लागि नीर शाहसँग सम्झौता

काठमाडौं । करिब दुई दशकअघिको सुपरहिट चलचित्र ‘अग्नि पथ’का निर्देशक शोभित बस्नेतले सोही चलचित्रको लोकप्रिय गीत ‘हजुरबाले भनेथे’कै नाममा नयाँ चलचित्र बनाउने घोषणा गरेका छन्। लक्ष्मीपूजा र कुकुर तिहारको अवसर पारेर आइतबार चलचित्र निर्माणको घोषणा गरिएको हो।

शोभितको अगुवाइमा बन्न लागेको यो चलचित्रको निर्देशन सुरेश न्यौपानेले गर्नेछन्। घोषणासँगै वरिष्ठ अभिनेता नीर शाहलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको छ। शनिबार शाहसँग लिखित सम्झौता गरिएको थियो। चलचित्रमा उनी हजुरबुबाको भूमिकामा देखिनेछन्।

बस्नेतका अनुसार चलचित्रमा दुई नायक र दुई नायिका रहनेछन्। अन्य कलाकार र प्राविधिक टोलीको नाम तिहारपछि सार्वजनिक गरिने उनले बताए।

आगामी माघदेखि छायांकन सुरु गर्ने लक्ष्य राखिएको छ। चलचित्रको ६० प्रतिशत छायांकन अस्ट्रेलियामा र बाँकी ४० प्रतिशत जुम्लामा गरिने बताइएको छ।

कृष्ण थापा, बन्धुराज वाग्ले, रोमिन पिया र समीर शाहीको प्रस्तुति रहने चलचित्रका निर्माता निरोज श्रेष्ठ हुन्। नवीन घायल कार्यकारी निर्माता र हिमाल भण्डारी सहनिर्माता छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu