पुन: आर्यन र नम्रताको जोडी



Aaryan-sigdell-and-Namrata-Shrestha-Classic-thuloparda-dot-com

ठुलोपर्दा डटकम, काठमाण्डौ।
सुवास इन्टरटेन्मेण्टको ब्यानरमा यसअघि नै जोडी बाँधेको आर्यन सिग्देल र नम्रता श्रेष्ठ पुन: सोहि ब्यानरमा देखिने पक्का भएको छ । आर्यन सिग्देलको बढ्दो वजनले तनावमा रहेको ‘क्लासिक’ युनिट अब तनावमुक्त भएको छ । फिल्म आवेगको सुटिङको क्रममा दुर्घटनामा परेका आर्यनलाई चिकित्सकले आराम गर्न भनेका थिए । आराम गर्दै जादाँ आर्यनको तौल निकै बढेको थियो । हाल आर्यनले चिकित्सकहरुको सल्लाह अनुसार चलचित्र खेल्ने भएका छन् ।

म्युजिकल लभस्टोरी बेसको चलचित्र भएको र स्क्रिप्ट अनुसार आर्यन र नम्रताको जोडी उपयुक्त रहेका कारण आर्यन र नम्रतालाई नै चलचित्रको लागी पक्का गरिएको निर्माण पक्षले जानकारी दिएको छ । ‘नोभेम्बर रेन’ भन्दा अगाडी आर्यन र नम्रता ‘मेरो एउटा साथी छ’मा देखिएका थिए । यो जोडीलाई दर्शकले मन पराईरहेका छन् । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने छन् । सुवास गिरीको लगानी रहने चलचित्रमा आर्यन र नम्रताको अलवा दयाहांग राई पनि चलचित्रमा रहने बताइएको छ ।

चलचित्रमा ताराप्रकाश लिम्बु र छेतन गुरुङको संगीत र लेखन रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu