मण्डलामा नाटक ‘आकाशको बाटो’



काठमाडौं। शुक्रवारदेखि काठमाडौंको मण्डला थिएटरमा यथार्थपरक घटनामा आधारित नाटक ‘आकाशको बाटो’ को मञ्चन सुरु भएको छ । चैत १८ गतेसम्म मञ्चन हुने यो नाटक बेरोजगारीका कारण बिदेसिने नेपाली युवाहरूको कथामा बनेको छ ।

प्रदीप कुमार चौधरीले लेखन तथा निर्देशन गरेको यस नाटकमा मण्डला थिएटर ल्याब १३ औँ ब्याचका विद्यार्थीहरूको अभिनय रहेको छ । सोहित रावल, सुशन बस्नेत, समस्ती राई , प्रमीला राई , मेलिना चाम्लिङ राई, आकृति के.सी, झरना चोखाल, बिपना बस्नेत , दिया दुमी राई , कृष्ण गुरुङ, कोहिनुर विश्वकर्मा, मञ्जिल श्रेष्ठ , दीपक श्रेष्ठ , विजय तामाङ, मान बहादुर हिराङ साम्पाङ राई, सुशान्त पन्त , जीवन ठाकुर, प्रविन तामाङ, रविन साहशंकर, मनोज केसी, मुकेश पाण्डे, प्रभात आङ्गबो लिम्बु, शीतल वाग्ले कलाकारहरू हुन् ।

यो नाटक सोमबार बाहेक हरेक दिन बेलुका ४ बजे मञ्चन भइरहेको छ भने शनिवार दिउँसो १२:३० बजे अतिरिक्त  मञ्चन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu