अष्ट्रेलियामा ‘वडा नं ६’



Deepak-Raj-Giri-And-Deepa-Shree-Niraula-At-Australiaठुलोपर्दा डटकम।
हालसम्म नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरिसकिएको कमेडी फिल्म ‘वडा नं ६’को अष्ट्रेलिया अधिकार विक्री गरिएको छ । हाल सोहि चलचित्रको शिलशिलामा अष्ट्रेलिया पुगेका हाँस्य कलाकार एवं यस चलचित्रका निर्माताद्धय दिपकराज गिरी र दीपाश्री निरौलाले यस्तो कुरा सार्वजनिक गरेका हुन् ।

एनआरएन इभेन्ट्सका खिलेन्द्र तिमल्सिनासँग फिल्म ‘वडा नं ६’को दुई पक्षिय सम्झौता गरेको निर्मात्री दिपाश्रीले जानकारी दिइन् । खबरका अनुसार उक्त चलचित्र अष्ट्रेलियाका लागी १५ लाखमा विक्रि भएको बताइएको छ । चलचित्रका तर्फबाट निर्माताद्धय दिपकराज गिरी र दीपाश्री निरौलाले दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए भने एनआरएन इभेन्ट्सका तर्फबाट अध्यक्ष खिलेन्द्र तिमिल्सिनाले हस्ताक्षर गरे ।

‘वडा नं ६’ मा सिताराम कट्टेल, केदार घिमिरे, दयाहाङ राई, प्रियंका कार्की, दिपकराज गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । उज्जवल घिमिरे निर्देशित फिल्म ‘वडा नं ६’ नेपालसँगै विश्वका विभिन्न देशमा एकसाथ चलचित्र चलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu