दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफ्नो चलचित्र लिंगाको घाटाको एकतिहाइ रकम वितरकलाई दिने भएका छन् । रकम दिनुपर्ने कानुनी बाध्यता नभएपनि मानवीय संवेदनाका आधारमा उनले रकम फिर्ता दिन लागेका हुन् ।
सन् २०१४ को डिसेम्बर १२ मा रिलिज भएको चलचित्र लिंगा घाटामा जानुमा रजनीकान्त दोषी रहेको भन्दै केहि समय अगाडी मात्र क्षतिपूर्तिका लागी उनकै घरमा प्रर्दशन भएको थियो । रजनीकान्तले अभिनित गरेका प्राय: चलचित्रहरुले राम्रो व्यापार गर्ने गरेको छ तर लिंगाले भने अरु चलचित्रको तुलनामा कमजोर व्यापार गरेको थियो ।
कतिपय वितरकले फिल्म घाटामा जानुमा रजनीकान्त दोषी रहेको बताएका थिए । तमिलनाडु फिल्म निर्माता संघले भने वितरकको निर्णयको भत्सर्ना गरेको छ । संघले रजनीकान्तका चलचित्रले सँधै सफलता पाउने भन्दै लिंगाको असफलता उनको कुनै हात नरहेको भन्दै रजनीकान्तको बचाउ गरेको छ । रजनिकान्तसहित लिंगामा सानाक्षी सिन्हा, अनुष्का सेठ्ठी लगायतको मुख्य भूमिका रहेको छ ।