‘जिरे खोर्सानी’ रोकिएपछि ‘मुन्द्रे’ लागे ‘मेरी बास्सै’ तिर



jitu-nepal-in-meri-bassai

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित हाँस्यटेलिश्रृखंला ‘मेरी बास्सै’मा अर्को हाँस्यटेलिश्रृखंला ‘जिरे खोर्सानी’का लेखक,निर्माता,निर्देशक तथा कलाकार जितु नेपाल ‘मुन्द्रे’ले अभिनय गर्ने भएका छन् । प्रविधिक कारण देखाउँदै केही हप्ता अघिदेखि हाँस्यव्यंग्य श्रृंखला जिरे खुर्सानी पुनःप्रशारण हुँदै आएपछि जितु नेपाल मेरी बास्सैमा देखिन लागेका हुन् ।

‘मेरी बास्सै’मा मुन्द्रे प्रवेश रोचक हुने अनुमान गरिएको छ । मेरी बास्सैमा जितु नेपाल ‘मुन्द्रे’ कै भूमिकामा देखिने छन् । ‘मेरी बास्सै’को सुटिङ्मा व्यस्त रहेका सितारामले मुन्द्रे धुर्मुसेको गाउँ आउने विषयमा कथा घुम्ने बताएका छन। टेण्डरमा जिरे खुर्सानीको निमार्ण र व्यवसायिक प्रशारण गर्दै आएको विज्ञापन एजेन्सीले बैंकको झुटो विवरण र कागजात पेश गरेको भेटिएपछि अहिले जिरे खुर्सानीको पुनःप्रशारण गरी घटना छानबिन प्रक्रियामा छ ।

यहि घटनाबाट अर्को हाँस्य टेलिश्रृखंला ‘भद्रगोल’ पनि रोकिएको छ। हाल ‘भद्रगोल’ पनि पुन: प्रशारण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu