ठुलोपर्दा डटकम, काठमाण्डौ।
छायांकनरत चलचित्र लुटेरा यूनिटले फ्लोरबाटैं चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको छ । चलचित्र वितरक समेत रहेका तथा यस चलचित्रका निर्माता गोपाल कायस्थका अनुसार अब चलचित्र लुटेरा भदौ ११ बाट अलनेपाल रिलिजमा आउनेछ ।
तोकिएकै प्रदर्शन मितिमा चलचित्र लुटेरा प्रदर्शन हुन्छ निर्माता तथा वितरक कायस्थले भने हामीले चलचित्रलाई भदौं ११ गतेबाट प्रदर्शन गर्ने गरि तयारी थालिसकेका छौं । पूर्णतया एक्सन कथामा आधारित भएर निर्माण भइरहेको यस चलचित्रमा निखिल उप्रेती, सविन श्रेष्ठ, निशा अधिकारी, हर्षिका श्रेष्ठ, प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ । चलचित्रको छायांकन काठमाण्डौ र विरगञ्जमा हुने निर्माणपक्षले जानकारी दिएको छ ।
चलचित्रमा वसन्त सापकोटाको संगीत, मौनता श्रेष्ठको कथा, शिव श्रेष्ठको छायांकन रहनेछ । चलचित्रलाई दयाराम दाहालले निर्देशन गरिरहेका छन् ।