१ बर्षदेखी आफ्नो छोरीसँग टाढा छन् क्रूज



tom-daughter

हलिउड अभिनेता टोम क्रूजले आफ्नो छोरी सूरीलाई करिब १ बर्षदेखी देख्न पाएका छैनन् । टोम हाल आफ्नो पछिल्लो चलचित्र मिशनः इम्पोसिबल रोग नेशनमा व्यस्त भएका कारण उनले आफ्नो छोरीलाई देख्न नपाएका हुन् ।

सुरी क्रूज र उनकी पूर्व पत्नी केटी होम्सको छोरी हुन् । एक हलिउड वेबसाइटका अनुसार क्रूजले सूरीसँग यस कारण मिल्न नपाएका थिएकी उनी आफ्नो चलचित्र ‘मिशन: इम्पोसिबल रोग नेशन’को शूटिंगमा अतिनै व्यस्त थिए तर उक्त चलचित्रको हाल सम्पुर्ण छायांकन सकिसकेको छ तर पनि हालसम्म उनले आफ्नो छोरीलाई भेटेका छैनन् । ‘मिशन: इम्पोसिबल रोग नेशन’को छायांकन सकिएपछि क्रूजसँग करिब दुई हप्ताको छुट्टी थिए तर त्यो समयमा उनले आफ्नो छोरीसँग नमिलेको बताइएको छ ।

हाल क्रूज चलचित्र ‘मिशन: इम्पोसिबल रोग नेशन’मा समाबेश हुने केहि दृश्यका लागी अमेरिका बाहिर छन् भने उनीको छोरी सूरी अहिले एक पारिवारको साथमा रहेकी छिन् । खबरका अनुसार क्रूजका पूर्वपत्नी केटी होम्स यति बेला निकै निराश छिन्,किनकी क्रूज सूरीसँग महिनौं देखी पर बसेका कारण सूरी मानसिकरुपमा कमजोर हुने केटीले बताएकी छिन् । केटी होम्स बेला बखतमा सूरीसँग भेटिरहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu