‘क्लासिक’को औपचारिक निर्माण घोषणा, सुवासको ब्यानरमा पुन: आर्यन र नम्रता



Classic-Announce

ठुलोपर्दा डटकम, काठमाण्डौ।
सुवास इन्टरटेनमेन्ट र आर्यन सिग्देल इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र क्लासिक निर्माण हुने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ । यस अघि चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेको यूनिटले यस चलचित्र निर्माण गर्न लागेको हो ।

दिनेश राउतको निर्देशन रहने यस चलचित्रमा ‘नोभेम्बर रेन’का सफल जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भुमिकामा रहनेछन् । चलचित्रको औपचारिक निर्माण घोषणा कार्यक्रममा बोल्दैं चलचित्रका निर्देशक दिनेश राउतले नोभेम्बर रेन भन्दा पनि क्लासिक उत्कृष्ट बनाउने दाबी गरे । चलचित्रमा सुवास गिरी र कमल गिरीको लगानी रहनेछ । बैशाख १५ गतेबाट छायांकन सुरु हुने बताइएको यस चलचित्रको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । चलचित्र क्लासिक माघ २९ गते प्रदर्शन गरिने पनि औपचारिक जानकारी दिइएको छ ।

Classic-Announce1

साँगंतिक प्रेमकथामा आधारित भएर निर्माण हुने यस चलचित्रमा आर्यन र नम्रताको अलवा समुना केसी, प्रज्वल सुजल गिरी, सुशिल काफ्ले, सुनिल रावल, पल शाह लगायतका कलाकारहरुको अभिनय रहने छ । काठमाडौं र पोखरा लगायतका स्थानमा छायांकन हुने यस चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, राजेश श्रेष्ठको छायांकन, छेतेन गुरुंगको पटकथा रहनेछ । साथै चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, नितिन चन्दको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन रहने छ ।

‘क्लासिक’को औपचारिक निर्माण घोषणा कार्यक्रममा सुवास ग्रुप अफ कम्पनीले आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा राहत रकम पनि प्रदान गरेको थियो । कार्यक्रममा कमला बहुमुखी क्याम्पसका क्याम्पसलाई रु. एक लाखको चेक, रोजगारीका लागी मलेशिया गएको बखत मृत्यु भएका धनकुमार आङदम्बे र सत्यनारायण गेलालको परिवारलाई जनही रु. एक लाख पचास हजारको चेक प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu