भूकम्पको त्रास कम गर्ने जीवनले जलाए भूकम्पको पुत्ला



jiwan-luitel-earthquake-putlaठुलोपर्दा डटकम, काठमाण्डौ।
भूकम्पले नेपालीहरुलाई त्रसित बनाउँदै आएको भन्दै नायक जीवन लुईँटेलले भूकम्पको पुत्ला जलाएका छन् । उनले काठमाडौंको कलंकीस्थित शिवनगरमा महिला विकास समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउँदै भूकम्पको पुत्ला दहन गरेका हुन् ।

भूकम्पले उब्जाएको त्रास कम गर्ने उद्देश्यले भूकम्पको पुत्ला जलाइएको नायक जीवन लुईँटेलले जानकारी दिए । पुत्ला दहनपछि त्यहाँका बालबालिका र महिलामा सकारात्मक प्रभाव परेको बताउँदै नायक लुईँटेलले पुत्ला दहनबाट सकारात्मक प्रभाव पर्ने भएकाले आफु यस कार्यक्रममा सहभागी भएको उनले बताए । भूकम्पको बेला अमेरिकामा रहेका जीवन त्यसलगत्तै नेपाल आएका थिए । नेपाल आएलगत्तै राहत वितरणमा सक्रिय जीवनले धादिङ, काभ्रे र काठमाडौंका भूकम्पपीडितलाई राहत बाँडेका थिए ।

हाल उनी काभ्रेको रामपुरका बासिन्दाहरुलाई चालिस वटा अस्थाइ घर निर्माण कार्यमा लागिरहेका छन् । उनीसँगै यो अभियानमा केकी अधिकारी, दिलिप रायमाझी, वेनिशा हमाल, वर्षा शिवाकोटी, हसन खान, दिनेश पोखरेल, प्रदिप उदय, सुरेश दर्पण पोखरेल, बिपन गुरुङ्, अमृत अग्रवाल लगायतका कलाकार तथा निर्देशकहरु खटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu