बलीउडकी मोडल तथा अभिनेत्री शिखा जोशी मृत अवस्थामा फेला परेकी छिन् । मुम्बईमा रहेको आफ्नै घरमा उनी मृत अवस्थामा फेला परेको वर्सोवा प्रहरीले जानकारी दिएको छ ।
चलचित्र ‘बिए पास’मा पहिलो पटक अभिनय गरेपछि बलिउडमा डेव्यू गरेकी उनले हालसम्म धेरै म्यूजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । हालसम्म शिखाको हत्या गरिएको हो वा आत्महत्या गरेकी हुन् त्यो भने खुल्न सकेको छैन् तर भारतीयसञ्चारमाध्यहरुले बताए अनुसार शिखाले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । उनलाई अस्तपालसम्म पुराइएको थियो तर अस्तपाल पुग्न नपाउँदै उनले आफ्नो प्राण छोडेकी थिइन ।
अस्तपालले अभिनेत्री शिखाको मृत्यु भइसकेको पुष्टि गरिसकेको छ । शिखाका नजिकको स्रोतले बताए अनुसार शिखा बाथरुममा छिर्दा नै चक्कु लिएर गएकी थिईन् । र सोहि बखत उनले चक्कु प्रहार गरि आत्महत्या गरेको हुनसक्ने बताइएको छ । तर यस विषयमा प्रहरीले हालसम्म कुनै पनि बयान सार्वजनिक गरिसकेको छैन् ।