पोर्न स्टार बाट बलिउड नायिका बनेकी सनी लियोन फेरी अर्को समस्यामा परेकी छिन् । केहि दिन अघि मात्र अश्लिलता फैलाएको भन्दै भारत निकाला गर्नुपर्ने मागसहितको मुद्दामा परेकी उनि मुंबईको अंधेरीमा एक फ्ल्याटमा बसिरहेकी थिइन् तर, यतिबेला उक्त फ्ल्याट खाली गरी उनि होटलमा रहेको बताईएको छ ।
एडल्ट स्टार छविको कारण मुंबईमा आफ्नो सम्पत्ती जोड्न समेत समस्यामा परेकी सन्नीलाई उनकी घरबेटी बलीवुड अभिनेत्री सेलिना जेटलीले घरनिकाला गरेकी हुन् । यसको कारण भने उनको पोर्न छवि भने होइन । उनले सहि तरिकाले फ्ल्याटको देखभाल नगरेको भन्दै सेलिनाले खाली गराएकी हुन् ।
सेलिनाले ‘सरप्राइज भिजिट’ गर्दा सन्नीले पुरा फ्ल्याटलाई दुर्गन्धित राखेको तथा बाल्कोनीमा रहेका फर्निचर काम सड्दै गएको पाएपछि उनले सन्नीलाई तुरुन्त फ्ल्याट खाली गर्न लगाएकी हुन् ।