राजेश हमाल ५१ बर्षमा प्रवेश, न्वारनको नाम थियो बम बहादुर



rajesh-hamal-birthday

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल मंगलबारबाट ५१ बर्षमा प्रवेश गरेका छन् । सन् १९६४ जुन ९ तारिखमा पाल्पा जिल्लाको तानसेनमा जन्मिएका हमाल आजबाट ५१ बर्षमा लागेका छन् । उनको न्वारनको नाम भने बम बहादुर हमाल हो ।

बैशाख १२ गते गएको विनाशकारी भुकम्पले देश शोकाकुल अवस्थामा भएका कारण यस बर्षको जन्मदिन नायक हमालले नमनाउने पारिवारिक स्रोतले जानकारी दिएको छ । मधु भट्राईसँग गएको बर्षमात्र बिबाह गरेका हमाल आजकाल फुर्सदिला देखिन्छन् । पहिलो र सफल चलचित्र युगदेखि युगसम्मबाट आफ्नो फिल्मी करियल सुरुवात गरेका हमाल अरु नायकको तुलनामा सफल नायकको सुचीमा पर्दन् ।

चलचित्र युगदेखि युगसम्म देखी करिब एक दशक सफल चलचित्रमात्र दर्शकमाझ पस्किएका हमालको पछिल्लो प्रदर्शनमा आएको चलचित्र भने ‘सोल सिस्टर’ हो । नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भुमिका खेलेका राजेश हमालले करिब दुई दशक चलचित्रक्षेत्रमा व्यतित गरिसकेका छन् । केहि बर्ष अगाडी राजेश हमाललाई आफ्नो पति भनेर चितवन कि एक महिलले चरित्र हत्या गर्न खोजेको देखी हमालको जीवनमा त्यस्ता धेरै घटना घटेका छन् ।

बसन्ती, जीवनदाता, देउता, गोरेटो, ढुकढुकि, अर्जुन, अल्लारे, आफन्त, धर्मा, खानदान, अधिकार, सन्यास, दुलही, हामी तीन भाइ लगायतका करिब दुई सय बढि चलचित्रमा अभिनय गरेका हमालले विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम् ए इङ्गलिस) भारतको पंजाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।

५१ बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा नायक राजेश हमाललाई ठुलोपर्दा डटकम परिवार पनि हार्दिक शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu