बैशाख १२ गते नेपालमा गएको विनाशकारी महाभूकम्पबाट पीडित भएका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले अवुधावीमा भएको साँस्कृतिक कार्यक्रममा नेपालमा चर्चित गायक, गायिका तथा नायक नायिकाहरुले आफ्नो भव्य प्रस्तुती दिएका छन् ।
अबुधावीको अल नाहदा नेशनल स्कुलको सभाहलमा आयोजित कार्यक्रममा नेपालबाट नायक राजेश हमाल, हाँस्यकलाकार दिपकराज गिरी, दीपाश्री निरौला, तेरिया मगर, तिलकबम मल्ल, प्रजिता गेलाल, सम्झना मगर, गायिका आस्था राउतले आफ्नो धमकेदार प्रस्तुती दिएका छथिए । आइतबार साँझ भएको उक्त साँस्कृतिक कार्यक्रममा सहभागी भएका नेपाली कलाकारहरुले निशु:ल्क रुपमा आफ्नो प्रस्तुती दिएका थिए ।
करिब दुई हजार बढि दर्शकहरुमो उपस्थित रहेको कार्यक्रममा तेरिया मगरले आफ्नो आर्कषक नृत्य प्रस्तुत गरेकी थिइन् भने गायिका आस्था राउतले आफ्ना चर्चित गीतहरु गाएकी थिइन् । उनले गीत गाइरहँदा नायक राजेश हमालले कम्मर मर्काइ-मर्काइ नाचेका थिए । उक्त कार्यक्रममा हमालकी श्रीमती मधु भट्टराई पनि सहभागी भएकी थिइन् । साँस्कृतिक कार्यक्रममा हाँस्यकलाकार दिपकराज गिरी र दीपाश्री निरौलाले दर्शकलाई हँसाउन सफल भए ।