भुकम्प पिडितका लागि जुटीन अभिनेत्री पल्लवी भट्ट



pallavi-help

ठुलोपर्दा डटकम, काठमाण्डौ।
सिङ्गापुरको इन्जीनियरिङ कंपनिमा यतिवेला जनरल मेनेजर भएर वसिरहेकी अभिनेत्री पल्लभी भट्ट भूकम्प पीडितको सहयोगमा जुटेकी छिन् ।विपत्तिका बेला आफ्नो देश दुःखेको वेला कसको मन खुसी रहन्छ होला र ? सायद यहि भावनाले काम गर्‍यो र उनी नेपाल आइपुगीन ।

अभिनेत्री पल्लवीले भुकम्पले अति प्रभावित दोलखा जिल्लाको विकट गाउा बुलुङ गाविसको वडा नं. १ पुगेर घर बनाउने देखी विभिन्न खाद्य एवं आवश्यक सामग्री वितरण गरीन् । अभिनेत्री पल्लभी भट्ट र सिङ्गापुरका उनको समुहले उठाएको १० लाख भन्दा बढी रकम बराबरको राहत भट्टले पिडित समक्ष पुर्‍याइन् । चामल, तेल, नुन, जस्तापाता आदी सामग्री लिएर उनी दोलखाको विकट गाउा पुगेकी थिइन् । भट्टले बारम्बार आइरहने पराकम्पन होस वा हावा-हुरी र पानी कुनैको परवाह नगरी सहयोगी भावनामा जुटीन र सिङ्गापुरबासी र आफ्नो सहयोगलाई सम्बन्धित पक्षसमक्ष पुर्‍याइन् । पल्लवी भट्टले आफु र आफ्नो समुह ‘ग्रेट प|mेण्ड विथ ग्रेट हार्टस्’ मार्फत यो सहयोग अभियान चलाएकी थिइन् ।

सिङगापुरमा रहिरहेकी पल्लभीले केहि अघिमात्रै ‘अलविदा’ चलचित्रमा आइटम नृत्य गरेकी थिइन भने पालेदाई, आफन्तको माया लगायतका चलचित्र खेलेकी छिन् । साथै पल्लभीका गहना, उद्घाटन, मोड, संजीवनी, आदी चर्चित टेलीश्रृंखला हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu