रेखा थापा निकटबाट चलचित्र पत्रकारलाई ज्यान मार्ने धम्की आएपछि प्रेस युनियन गम्भिर



sudarshan-and-rekha

ठुलोपर्दा डटकम, काठमाण्डौ।
समाचारमा रेखा थापाको प्रसंग आएपछि उनका निकट मानिने सुदर्शन गौतमले फिल्मीबजार डटकमका पत्रकार श्यानसुन्दर गिरीलाई धम्क्याएका छन् । सुदर्शनले गिरीलाई ज्यान मार्ने धम्की दिएका हुन् । यसै सन्दर्भमा नेपाल प्रेस यूनियनले एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर भएको जनाएको छ ।

प्रेस युनियन चितवन शाखाका कार्य समिति सदस्य समेत रहेका गिरीलाई सुदर्शन गौतमले अमेरिकाको टेक्सास राज्यको फोन नम्वर (+१५१२५९०४०१२) बाट गिरीको मोवाइलमा फोन गरी अपशब्द बोल्दै ज्यान मार्ने धम्की दिएका थिए । “२०७२ असार १ गते ‘भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’ शिर्षकको समाचार प्रकाशित भएपछि गौतमले काटेर चोभारको डाँडामा र बागमतीमा फाल्ने चेतावनी पटक पटक दिएको अवस्थामा पिडित पत्रकार गिरी ज्यानको सुरक्षा गराइपाउँ भन्दै सम्वन्धित निकायमा धाइरहेको अवस्थाले हामी गम्भिर भएका छौँ” यूनियनबाट जारी विज्ञप्तीमा जनाईएको छ ।

साथै यूनियनले समाचारमा चित्त नबुझेको विषयमा कानुनी रुपमा उपचारमा जान सकिने बाटोलाई छोडेर ज्यान मार्ने धम्की दिने व्यक्तिलाई निगरानीमा राखेर कार्वाहीको प्रक्रिया थाल्न र नीज पत्रकार गिरीको सुरक्षाको प्रत्याभुति दिलाउन युनियन सरकारसँग जोडदार माग गरेको छ ।

सुदर्शन गौतमले रेखाको चलचित्र ‘हिम्मतवाली’मा मूख्य भूमिका निभाएका थिए । दुवै हात नभएका गौतम सवारी चलाउने देखी सगरमाथा चढ्नेसम्म वर्ड रेकर्ड राखेका छन् । उनि कहिले क्यानडा त कहिले अमेरिका बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu