विश्वकै कान्छा निर्देशक बुटवलमा सम्मानित



saugat-bista-butwal

ठुलोपर्दा डटकम, बुटवल।
विश्व चलचित्र इतिहासमा नै पहिलो पटक चलचित्र निर्देशन गरेर गिनिज बुकमा समेत नाम लेखाइसकेका विश्वका कान्छा निर्देशक सौगात विष्टलाई यति बेला विभिन्न संघ, संस्थाहरुले सम्मान गरिरहेका छन् । नेपाल र नेपाली चलचित्रको नाम विश्वमा नै चिनाएको भन्दै बुटवलमा पनि सौगातलाई सम्मान गरिएको छ ।

वुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले सौगातलाई सम्मान गरेको हो । गायिका देविका बन्दनाको एकल साँझका अवसरमा बाल निर्देशक सौगात विष्टलाई सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानपछि कार्यक्रममा बोल्दैं सौगात विष्टले आफुलाई यो सम्मानले अझ हौसला प्रदान गरेको बताए । गायिका देविका बन्दनाको एकल साँझका लागि बुटवल पुगेका नायिका नम्रता सापकोटा, नायक गजित बिष्ट र सौगात विष्टले आफ्नो भब्य सांगीतिक प्रस्तुती पनि दिएका थिए ।

वुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीका अनुसार गायिका देविका बन्दनाको एकल साँझबाट संकलन भएको रकम भूकम्पपीडितलाई हस्तान्तरण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu