भदौ २५ बाट ‘लभ सब’ | फर्स्ट लुक पोस्टर सार्वजनिक



ठुलोपर्दा डटकम, काठमाण्डौ।
लामो समय देखी प्रदर्शन मिति सर्दै आएको चलचित्र ‘लभ सब’को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्रका निर्माता सुशिल पोखरेलले दिएको जानकारी अनुसार चलचित्र अब भदौ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ ।

सुशील पोखरेल र नरेन्द्र महर्जनको निर्माण रहेको चलचित्रको निर्देशन देवकुमार श्रेष्ठले गरेका हुन् । संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिश्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतको मुख्य भूमिका रहेको लभ सबको सुटिङ ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक र दोलखा जिल्लामा गरिएको थियो ।

कृष्ण श्रेष्ठको छायांकन, सुजिल कर्माचार्यको संगीत, हिमाल केसीको फाइट, साम्तेन भुटियाको पटकथा रहेको लभ सबमा साधारण र चिरपरिचित लाग्ने पात्रहरुको कथा रहेको निर्देशक श्रेष्ठले बताए । चलचित्रले केहि दिन अगाडी मात्र सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको थियो ।

lov-sab-1st-look

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu