ठुलोपर्दा डटकम, काठमाण्डौ।
भूकम्पबाट अति नै प्रभावित भएको जिल्ला सिन्धुपाल्चोकको सेतीदेवी निम्न माध्यमिक विद्यालय पुनर्निर्माण गर्न कुटुम्ब ब्यान्डले राजधानीमा एक कन्सर्ट कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको त्रिसारा रेस्टुरेन्टमा आयोजित कन्सर्टमा कुटुम्बले नयाँ र पुराना लोकधुनहरु प्रस्तुत गरेको थियो ।
कार्यक्रममा कुटुम्बले हरियो डाँडामाथि हलो जोत्ने साथी, असारे महिनामा पानी, भेडाको हुन जस्तो, माइती घर,तालको पानी माछीले खानी, सालको पात लगायतका गीत पस्केको थियो । कन्सर्टबाट उठेको एक लाख ६० हजार रुपैयाँ स्कुल निर्माण र शैक्षिक सामग्रीमा खर्च हुने आयोजकका सन्तोष ओझाले जानकारी दिए ।