हेमाको अनुहारमा प्लाष्टिक सर्जरी



Photo: Dainikbhaskar
Photo: Dainikbhaskar

जयपुर-आगरा हाईवेमा बिहिवार राती भएको कार दुर्घटनामा घाईते बलीउड अभिनेत्री तथा बीजेपी एमपी हेमा मालिनीको अनुहारमा प्लाष्टिक सर्जरी गरिएको छ । फोर्टिस अस्पतालमा रहेकी हेमाको स्वास्थ्यमा सुधार आएको बताईएको छ ।

उनले कुराकानी गरिरहेकी छिन् । डाक्टर पी. तम्बोलीका अनुसार हेमाको नाकमा चोट थियो । बिहिवार राती नै उनको अनुहारको केहि भागमा प्लाष्टिक सर्जरी गरिएको हो । प्लास्टिक सर्जन संदीप मुकुलका अनुसार चोटको निशाना हराउन केहि महिना लाग्नेछ ।

उक्त दुर्घटनामा अर्को कारमा रहेका एक बालकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu