बलिउडको सफल चलचित्र ‘रोवोट’को सिक्वेल बन्ने भएको छ । रजनीकान्तद्वारा अभिनित रोवोटको दोस्रो भागमा रजनीसँग अर्का दक्षिण भारतीय सुपरस्टार विक्रम देखिने चर्चा छ।
भारतीय संचार माध्यमले जनाए अनुसार सिक्वलमा खलनायकको भूमिकामा अभिनय गर्नका लागि विक्रमलाई प्रस्ताव गरिएको छ। चलचित्रका लागि रजनीकान्त अनुवन्धित भइसकेका छन् भने विक्रमले चलचित्र खेल्न इच्छा देखाए पनि पक्का भने भइनसकेको बताइएको छ। चलचित्रलाई पछिल्लो चलचित्र ‘आई’ निर्देशन गरेका शंकरले निर्देशन गर्दैछन्।
रोवोटको पहिलो सिरिज सन् २०१० मा आएको थियो। चलचित्र रोवोटमा नायिका एश्वर्या राय देखिएपनि यसको दोस्रो सिक्वेलमा एश्वर्या नरहने खबर पनि बाहिर आएको छ। स्रोतका अनुसार अहिले चलचित्र यूनिटले नायिका ऐश्वर्या रायसँग पनि नायिकाको प्रस्ताव अगाडी सारेको छ ।