एसिड आक्रमणपछिको संघर्षमा केकीको अभिनय | भिडियो



keki-acid
ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि महिना अगाडी काठमाडौंमा दुई यूवती माथि एक यूवकले एसिड प्रहार गरेको घटनाले निकै चर्चा पायो । अन्तत एसिड प्रहार गर्ने यूवकलाई प्रहरीले नियन्त्रणमा पनि लियो । त्यस्तै प्रकारको घटनालाई पर्दामा उतार्दै निर्देशक निकेश खड्काले एक म्यूजिक भिडियो बनाएका छन् ।

अर्जन पाण्डेको नयाँ एल्बम ‘नयाँ सपना’ भित्र समावेश गीत ‘ओईलाएर झर्न दिन्न’को सार्वजनिक भिडियोमा नायिका केकी अधिकारीमाथि एसिड प्रहार भएको देख्न सकिन्छ । एक यूवकले प्रेम प्रस्ताव राख्दा नायिका केकी अधिकारीले झापड हानेको रिस पोख्दै उक्त व्यक्तिले उनीमाथी एसिड छ्यापेका छन् । उक्त एसिड फ्याएको दृश्यपछि केकीको जीवनमा देखिएको पिडालाई निर्देशक निकेशले पर्दामा उतारेका छन् ।

डिपी खनालको शब्दमा किरण कंडेलको संगित रहेको छ । उक्त गीतमा एरेन्जमेन्ट भने अल्मोडा उप्रेतिको रहेको छ । भिडियोमा नायिका केकी अधिकारीसगैं मोडल निरजन थापा तथा बालकलाकार मानवी खड्काको अभिनय रहेको छ भने भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफि रहेको छ । धिरजजंग शाहले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu