‘LUVसब’को ट्रेलर सार्वजनिक, लाटो भए संयम



lubsab-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ २५ गते देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘LUVसब’को ट्रेलर सार्वजनिक भएको छ । बिहिवार सार्वजनिक ट्रेलरमा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी मुख्यरुपमा देखिएका छन् ।

केहि कमेडी, एक्शन तथा सेन्टिमेण्टल देखिने कलाकार मध्ये संयम पुरी बोल्न नसक्ने युवाका रुपमा देखिएका छन् भने सलोन बस्नेत प्लेव्याय छन् । चलचित्रमा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिश्मा श्रेष्ठ, के.के. अधिकारी, अर्चन राई लगाएतका कलाकारहरुको प्रमुख भूमिका छ ।

कृष्ण श्रेष्ठको छायाँकन रहेको सो चलचित्रमा सुजिल कर्माचार्यको संगीत, साम्तेन भुटियाको कथा रहेको छ। बिपिन मल्लले सम्पादन गरेका छन् । देव कुमार श्रेष्ठको निर्देशन तथा शुसिल पोखरेल र नरेन्द्र महर्जनको निर्माण रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu