शाहरुखको ‘फ्यान’को टिजर रिलिज (भिडियो)



FAn-teaser

बलिउड बादशाह शाहरुख खानका फ्यान विश्वमा कति होलान ? उनका फ्यान असंख्य छन् । उनी जहाँ जान्छन् त्यहाँ उनका फ्यानहरुको निकै ठुलो भिड लाग्छ । त्यसैले पनि उनका फ्यानहरुलाई मध्यनजर गर्दै चलचित्र फ्यान निर्माण भएको छ, जसमा शाहरुख खानले मुख्य भुमिका निभाएका छन् ।

चलचित्र फ्यानको विहिबार साँझ एशराज फिल्मस्को अफिसियल यूटुब च्यानलबाट टिजर रिलिज गरिएको छ । यशराज ब्यानरको निर्माण भएको चलचित्रको सार्वजनिक टिजरमा शाहरुख खानका असंख्य फ्यानलाई देखाइएको छ । मनिष शर्माको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुखले दोहोर भूमिका निर्वाह गरेका छन् । एक भूमिकामा उनी मेघास्टारको भूमिकामा देखिएका छन् भने अर्कोमा फ्यानको भूमिकामा देखिएका छन् ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu