तीन बर्षको तयारीपछि ‘नालापानी’ बन्दै, भदौबाट छायांकनमा जाने



'नालापानी'का कलाकार गणेश गिरी र निर्माता रिमेश अधिकारी
‘नालापानी’का कलाकार गणेश गिरी र निर्माता रिमेश अधिकारी

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता रिमेश अधिकारीले करिब ३ बर्षको तयारीपछि ‘नालापानी’ नामक चलचित्र निर्माण गर्ने भएका छन् । शुक्रवार चलचित्र विकास वोर्डबाट इजाजत लिएपछि आधिकारीक पुष्टी गर्दै विर योद्धा बलभद्र कुवँरको शाहष र बहादुरीको कथा साथै राष्ट्र र राष्ट्रियता बचाउन तत्कालिन समयमा नेपाली जनताले गरेको योगदानमा आधारित रहेर चलचित्र बन्ने अधिकारीले बताए ।

शिवम अधिकारीको लेखन तथा निर्देशन रहने उक्त चलचित्रमा गणेश गिरी, सगुन शाही ठकुरी, सुजना ढकाल, नवल खड्का, सुरबिना कार्की लगायतको अभिनय रहनेछ । यस अघि बसमा छैन यो मन, म बिर्सु कसरी र विरासत निर्माण गरेका रिमेशले करिब ३ बर्षपछि चलचित्र नालापानी निर्माण गर्न लगेका हुन् ।

पद्मकुमारी फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्रमा मणी थापाले संगीत दिनेछन् । अरु कलाकार तथा प्राविधिकको हाल छनोट कार्य भइरहेको जानकारी दिँदै निर्माता अधिकारीले नालापानी अन्तराष्ट्रियस्तरको चलचित्र बन्ने दाबी गरे । ‘चलचित्रको कथा तयार भइसकेको छ अब केहि कलाकार र प्राविधिकको छनोट गर्न बाँकी छ’ उनले अगाडी भने, ‘नालापानी’को युद्धमा नेपालीहरुले देखाएको विरताको कथालाई पनि चलचित्रमा देखाउने छौं ।’

‘नालापानी’को भदौमा छायांकन प्रारम्भ हुनेछ भने साउनको दोश्रो साताबाट वर्कशप हुने बताईएको छ । चलचित्रका कार्यकारी निर्माता दिनेश अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu