सविनको साईकल चढेर कता भाग्दै केकी ?



Bhag-Sani-Bhag-poster

ठुलोपर्दा डटकम, काठमाण्डौ।
संगीतकार चेतन सापकोटाले निर्माण गरकेो चलचित्र ‘भाग सानी भाग’को पोस्टर सार्वजनिक गरिएको छ । नायिका केकी अधिकारीले आफ्नो फेसबुकमार्फत पोस्टर सार्वजनिक गरेकी हुन् ।

नवल नेपालको लेखन र निर्देशनमा निर्माण भएको यस चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहेको छ । रंगीन सपना बोकेर गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रमा उतारिएको बताईएको छ ।

चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँईको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu