समता स्कूलमा जापानी कलाकार



japanease-actor-at-samata

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भूकम्प पछि नेपालको अवस्था बुझ्न नेपाल आएका जापानी कलाकार सुन सिहोया काठमाण्डौको जोरपाटीमा रहेको समता शिक्षा निकेतनमा पुगेका छन् । उनि जापानी हिरो भने नेपालमा भुकम्प पछिको अवस्था बुझ्न मात्र नभएर समताका विद्यार्थीलाई मनोरन्जन गराउन नेपाल आएको समताका प्रशासन प्रमूख अजय अधिकारी शुसिलले जानकारी दिए ।

japanease-actor-at-samata-1

केही दिन अघि गायक एड्रियन प्रधान, गायिका श्रेया सोताङ हास्यकलाकारहरू दिपकराज गीरि, केदार घिमीरे(माग्ने बुढा), निरू खड्का लगाएत मासिक सय रूपैयाँमा नर्शरी देखी स्नातकोत्तर सम्म पढाई हुने समता शिक्षा निकेतन पुगेका थिए । उनिहरु एस.एल.सी. पास भएका विद्यार्थीलाई सम्मान दिन त्यहाँ पुगेका थिए ।

japanease-actor-at-samata-2

समताका प्रशासन प्रमुख सुशिलले अन्य मान्छे भन्दा कलाकारबाट विद्यार्थी बढि प्रोत्साहित हुने हुनाले धेरैजसो कलाकारलाई निम्त्याईने गरेको बताए । शुसिल पनि कला क्षेत्रमा चासो र समय व्यतित गर्ने व्यक्ति हुन् ।

अघिल्लो बर्षको एस.एल.सी.मा ३०३ जना सामेल भएकोमा सबै प्रथम र बिशिष्ट श्रेणीमा पास भएको खुसी मनाउन कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu