प्रभास स्टारर दक्षिण भारतिय चलचित्र ‘बाहुबली’ले पहिलो दिनमै ५० करोड माथीको व्यापार गरेको एक हप्तापछि शुक्रवार रिलिज सलमान खानको चलचित्र ‘बजरंगी भाईजान’ले एक दिनमा चालिस करोडको व्यापार गरेको छ ।
यो चलचित्रले यति धेरै व्यापार गर्नुमा सलमानका फ्यान फलोईङ् तथा धेरै हलमा रिलिज हुनु रहेको बिश्लेषण गरिएको छ । यसअघि सलमानका चलचित्रलाई ‘हावा’ भन्नेहरुले यसपाली भने खुलेरै तारिफ गरेका छन् । एक्शन भन्दा बढि कथामा आधारित ‘बजरंगी भाईजान’लाई नेपालमा पनि रुचाईएको छ । यो चलचित्र नेपालमा करिव १२० हलमा चलिरहेको छ ।