वर्ल्ड कप इन नेपालको अडियो सार्वजनिक



नेपाली फुटबल खेलको विकास गर्दै विश्वकप प्रतियोगितामा सहभागी हुनसक्ने नेपाली खेलाडी उत्पादन गर्नुपर्ने उद्देश्यले नेचुरल मुभि मेकर्स प्रालिको ब्यानरमा ‘वर्ल्डकप इन नेपाल’ नामक चलचित्र निर्माण गरेको छ ।

चलचित्र निर्माण पक्षले मंगलवार राष्ट्रिय खेलकुद परिषदको प्रेक्षालयमा आयोजना गरेको चललिचत्रको गीति एल्बम बिमोचन कार्यक्रममा गोरखा जिल्लाको बारपाक गाउँमा छायाङ्कन गरिएको यस चलचित्रले नेपाली फुटबल खेलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा), सरकार र स्वयम् खेलाडीका अभिभावकले बालबालिकालाई फुटबल खेलमा प्रोत्साहन दिनुपर्ने प्रस्तुतकर्ता प्रकाश थापाले बताए । कार्यक्रममा प्रमूख अतिथी रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा बरिष्ठ चलचित्रकर्मी युवराज लामाले खेलकुद र चलचित्रको संयोगले आफुलाई अझै हौसला मिलेको बताए।

फुटबल लगायत कुनै पनि खेलको दक्ष खेलाडी उत्पादन गर्न सानै उमेरदेखि खेल क्षेत्रमा लाग्ने वातावरण बनाउनुपर्ने भन्दै बालबालिकालाई अभिभावकले खेलेको देख्दैमा जतिखेर पनि पढ्नै पर्छ भनेर दबाब दिने गरेको तितो यथार्थतालाई चलचित्रको कथावस्तु बनाएको सो कार्यक्रममा जानकारी दिइयो । कोही पनि व्याक्ति गीत सङ्गीत र खेलकुदबाट पर रहन सक्दैन भन्दै खेलकुदका क्षेत्रमा निकै कम चलचित्र बन्ने गरेकाले आगामी दिनमा खेलकुदका विषयमा आधारित चलचित्र निर्माण गर्नुपर्नेमा बरिष्ठ चलचित्र निर्देशक नारायण पुरीले जोड दिए ।

त्यस्तै सहनिर्देशक राजु भण्डारीले चलचित्र फुटबल तथा समग्र खेलकुदप्रेमीका लागि निर्माण गरिएको दाबी गर्दै एन्फा यु–१९ का खेलाडीले छायाङ्कनमा साथ दिएको बताए । यो चलचित्रले विकास बोर्डबाट बिशेष चलचित्रको अवार्ड पाएको छ ।

सो कार्यक्रममा इजरायलमा रहेको नेपालीहरुको संस्था श्री सत्य साई सेन्टरको तर्फबाट संकलित रु. तीन लाख पैँसठ्ठी हजार साउदी अरबमा दुर्घटनामा परि निधन भएका धादिङका स्व.हरिराम थापा मगरको परिवारलाई प्रदान गरिएको थियो। थापा मगरको परिवारको आर्थीक अवस्था न्यूज रहेको बताईऐको छ।

तस्विरहरु यहाँ हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu