आँचलदेखि मिस नेपाल नम्रतासम्म एउटै र्‍याम्पमा



काठमाडौँ । दरबारमार्ग स्थित होटल याक एण्ड यति हायत शनिबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे ११’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले १२ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्दा होटलनै धपक्क बलेको देखिन्थ्यो ।

झिलिमिलि सजावट सहित आयोजना भएको फेसन शोमा ७ भारतिय र २५ नेपाली मोडलले ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्‍याम्पमा प्रस्तुत गरे । ७१ जना फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।

आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालको निकै भब्य र ब्यवस्थित म्यानेजमेन्ट गरेको फेसन शोमा पुर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मि श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठ सो टपरको रुपमा र्‍याम्पमा देखिदा दर्शक मोहित भएका थिए ।

विगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको ‘आइसी डिजाइनर रनवे’ फेसन शो यस बर्ष झनै सब्य, भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको म्यानेजमेन्ट जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । सेलिब्रेटी, भिआइपी, ब्यवसायी लगायत बिभिन्न प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिती रहेको फेसन शोको कोरियोग्राफी अभिमन्यु सिंह तमोरको रहेको थियो ।

फेसन शो ‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu