
काठमाडौं – यही फागुनको १४ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मायावी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायक पल शाह, नायिका दीपिका प्रसाईँको साथमा कलाकारहरू सुशील सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खानलाई मुख्य स्थान दिइएको छ । पल र दीपिकाको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई प्रस्तुत गरिएको छ । ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् ।
ट्रेलरमा समावेश केही संवादहरूले दर्शकको मन छुने देखिन्छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । राजु पराजुली र सुमित वली सह–निर्माता, प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता छन् । यस्तै, क्रियटिभ सिने आर्ट्स प्रा.लिको प्रस्तुतिमा तयार भएको चलचित्रमा नेम महर्जनको पनि लगानी छ ।
चलचित्रमा प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डङ्गोल, रमा प्रसाईँ, दीपेन्द्र सिम्खडा, सङ्गीता सिलवालको पनि अभिनय छ । राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको सङ्गीत छ ।
यस चलचित्रले दर्शकलाई निराश नबनाउने र सबैको अगाडि छाती खोलेर प्रिमियर गर्ने निर्देशक दिवाकर भट्टराईले बताए । नायक पल शाहले आफ्नो माया गर्ने जो कोहीसँग पनि यो फिल्म हेर्न जान आग्रह गरे ।
ट्रेलर: