विवाहिता महिला चाँडो भन्दा चाँडो आमा बन्न चाहन्छन् । तर हलिउड गायिका मिरांडा लैंबर्टले भने केहि बर्ष सम्म आमा बन्न नचाहने बताएकी छिन् ।
मिरांडा लैंबर्ट र सिंगर ब्लैक शेल्टन अहिले यहि बिषयलाई लिएर सम्बन्ध विक्षेद गर्दैछन् । किनकी शेल्टन पिता बन्न चाहन्छन् तर उनकी श्रीमती मिरांडा अहिलनै आमा बन्न चाहन्न् । यसै कारण अहिले उनीहरु विच खराब सम्बन्ध चल्दै गएका कारण उनीहरु सम्बन्ध विक्षेद गर्न लागेका हलिउड सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एक हलिउड अनलाइन पत्रिकाका अनुसार शेल्टन पिता बन्न निकै आतुर छन् तर मिरांडा अहिलेनै आमा बनेर जिम्मेवारी उठाउन चाहेकी छैंनन् । आजभन्दा करिब ४ बर्ष अगाडी प्रेम विवाह गरेका उनीहरु अब अन्तत: यहि विषयलाई लिएर छुटिन लागेका छन् ।