नेपाली चलचित्रमा कथावस्तु र संवादमा सवैभन्दा कमजोरी



nefta-jurryठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल चलचित्र प्राविधिक संघले अन्तरराष्ट्रिय कलाकार मञ्च कतारको सहकार्यमा आयोजना गर्न लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’का लागि नेपाली चलचित्र हेर्ने काम सकिएको छ । बिहिबार सुन्तली र वन वे हेर्दै जुरीहरुले चलचित्र हेर्ने काम सकेका हुन् । करिब ४७ वटा चलचित्र हेरिएको जानकारी आयोजकले दिएको छ ।

साउन १५ गते नेफ्टाले उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गर्ने तयारी गरेको छ । अवार्डका लागि जुरीमा नारायण पुरी, भरत शाक्य, विशेष श्रेष्ठ, विरेन्द्र हमाल, रक्षा सिंह राणा र करुण थापा थिए । उनीहरुले नेपाली चलचित्रमा कथावस्तु र संवादमा सवैभन्दा कमजोरी रहेको चलचित्र हेरिसकेपछि औल्याएका थिए । जुरी मध्येका एक भरत शाक्यका अनुसार अझै पनि लेखन, कथावस्तु, पटकथाकै अभाव नेपाली चलचित्रमा देखिएको बताउँछन् । उनले कतिपय फिल्ममा यो कथामा किन फिल्म बनाइएको भन्ने पनि देखिएको बताए ।

नेपाली फिल्म आयातित सोच र आयातित बिषयवस्तुबाट अझै बाहिर नगएकाले कथाको उठानमा समस्या देखिएको अधिकांश जुरीको भनाई छ । तर, पनि यसपटकको नेफ्टा अवार्डमा केही विधामा चर्को प्रतिस्पर्धा हुने जुरीहरुले बताए । साउन १५ गते मनोनयन सार्वजनिक गरेपछि अवार्डको अन्य तयारी थालिने संयोजक शिव पुरीको भनाई छ ।

चलचित्र प्राविधिक संघले यसअगाडि मलेसिया र हङकङमा अवार्ड आयोजना गरेको थियो । ५ सिजनसम्म भने देश भित्र नै अवार्ड गरिएको थियो । बकर इदको दिनमा अवार्ड कतारमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu