लामो समय प्रेम सम्बन्धमा रहेर छुटिएका बलिउड नायक रणवीर कपुर र बलिउड नायिका दीपिका पादुकोण आजकाल एउटै सेटमा प्रेम प्रेमिका बनेर अभिनय गरिरहेका छन् । इम्तियाज अलिले निर्देशनमा तयार भइरहेको बलिउड चलचित्र ‘तमासा’ मा उनीहरु एकसाथ देखिदैं छन् ।
मंगलबार मात्र चलचित्रको छायांकनस्थलबाट रणवीरले दीपिकाको हातमा समातेर तान्दै गरेको फोटो सार्वजनिक भएपछि उनीहरुको चर्चा फेरी आकाशिएको छ । दीपिकासँग टाढिएपछि बलिउडकी अर्की नायिका कट्रिना कैफसँग अफेयर चलाइरहेका रणवीरको यो चलचित्र अर्को बर्ष प्रदर्शनमा आउने तयारी भइरहेको छ ।
आयन मुखर्जीको ब्लकबस्टर ‘ए जवानी है दिवानी’मा रणवीर र दीपिकाले एकसाथ अभिनय गरेका थिए । यहि चलचित्र खेलेपछि प्रेम सम्बन्धमा रहेका उनीहरु ‘ए जवानी है दिवानी’ चलचित्र प्रदर्शनमा आएको १ बर्षमा नै टाढिएका थिए ।