‘इनास अवार्ड’ असोजमा



Inas-award-at-nepal

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) ले ‘अन्तराष्ट्रिय नेपाली सिनेमा अवार्ड’ वितरण गर्ने भएको छ । वुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी दिइएको हो ।

जर्मनी र नेदरल्याडमा अवार्ड वितरण गरिसकेको र तेस्रो संस्करण नेपालमा आयोजना गरिन लागिएको अनेकस ग्लोबल अध्यक्ष पुष्प बरुवालले जानकारी दिए । आउँदो असोज २५ र २६ गते आयोजना गरिने उक्त अवार्ड ११ विधामा वितरण गरिने छ । इनासको प्रथम सम्मेलनको अवसरमा बाँडिन लागेको यो अवार्डबाट नेपाली चलचित्रक्षेत्रलाई अतुलनीय योगदान पुर्‍याउने एक जनालाई लाइफ टाइम एचिभेमेन्ट प्रदान गरिने छ ।

कार्यक्रममा अनेकस ग्लोबल अध्यक्ष पुष्प बरुवाल, कार्यसमितिका अध्यक्ष सरोज खनाल, उपाध्यक्ष रुपा राना,उपाध्यक्ष प्रकाश सुवेदी, महासचिव अनुपकुमार बराल, सचिव आकाश बाबु खवास, कोषाध्यक्ष कृष्ण भक्त महर्जन, सहकोषाध्यक्ष इन्दिरा जोशी सँगै दयाहाङ राई, शंकर बी.सी, बाबु बोगटी, राजेश घतानी सदस्य रहेका छन् ।

त्यस्तै संस्थाको सल्लाहकारमा यादव खरेल, अशेष मल्ल, दीपक जंगम, रमण घिमिरे र राजु शाह रहेका छन् । अवार्ड कार्यक्रम बारे जानकारी दिदै अभिनेता सरोज खनालले अनेकसले नेपाली चलचित्रलाई अन्तराष्ट्रिस्तर सम्म चिनाउन महत्वपुर्ण योगदान पुर्‍याउँदै आएको र आगामी दिनमा पनि नेपाली चलचित्रक्षेत्रको विकास र नेपाली चलचित्रलाई अन्तराष्ट्रिस्तरसम्म चिनाउन उल्लेख्य काम गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu