करिश्माको पछि-पछि संयम (भिडियो)



luv-sab-new-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ २५ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लब सब’ को नयाँ गीत रिलिज भएको छ । ‘छ कहाँ : फूल’ बोलको सार्वजनिक गीतमा चलचित्रका कलाकार संयम पुरी र करिश्मा श्रेष्ठको प्रेमलाई देखाइएको छ ।

सार्वजनिक गीतमा सलोन बस्नेत पनि केहि दृश्यमा देखिएका छन् । गीतमा शिव बजगाईंको स्वर तथा सुजिल कर्मचार्यको संगीत रहेको छ । कमेडी लभस्टोरी चलचित्र ‘लभ सब’ मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लभ सवमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ । कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् । चलचित्र भित्र संयम र करिष्माको प्रेमलाई पनि देख्न सकिने बताइएको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu