‘मेरो एउटा साथी छ’ को सिक्वेल बनाउँदै आर्यन



Mero-Euta-Sathi-chha-poster

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक आर्यन सिग्देलले अभिनय गरेका चलचित्र मध्यको एक उत्कृष्ट चलचित्र ‘मेरो एउटा साथी छ’ को सिक्वेल निर्माणको चर्चा चलेको छ । अहिले यसको तयारी स्वरुप कथा छनोट कार्य सुरु भएको छ ।

खबरका अनुसार उनका आत्मिय मित्र समेत रहेका निर्देशक दिनेश राउतले चलचित्र ‘मेरो एउटा साथी छ’ को सिक्वेललाई निर्देशन गर्ने बताईएको छ । ‘मेरो एउटा साथी छ’ निर्माण गरेको आइकोर फिल्मससँग यस बिषयमा छलफल भईरहेको बताईएको छ । नायक आर्यन सिग्देल आफ्नो कम्पनी आर्यन सिग्देल इन्टरटेन्मेन्टबाट यो चलचित्रको सिक्वेल निर्माण गर्न चाहन्छन् ।

अहिले नायक आर्यन सिग्देल राउतकै निर्देशनमा चलचित्र ‘क्लासिक’को तयारीमा छन् । निर्माता सुवास गिरीसँग नोभेम्बर रेनमा सहकार्य गरेका आर्यनले यो ‘क्लासिक’मा पनि लगानी गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu