नेफ्टा अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक (पूर्ण सूचीसहित)



Nefta-1
आठौँ नेफ्टा अवार्डको उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक कार्यक्रममा उपस्थित नायिकाहरु ।

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल चलचित्र प्राविधिक संघले कतारमा आयोजना गर्न लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि कुल ३३ विधाका नोमिनेशन सार्वजनिक गरिएको हो । त्यस्तै यस बर्ष पपुलर विधातर्फबाट ३ विधाको नोमिनेशन पनि सार्वजनिक गरिएको छ ।

पूर्ण सुचीको लागि यहाँ क्लिक गर्नुहोस्:

Anoop-bikram-shahi-and-Priyanka-Karki-at-Nefta-nomination

नेफ्टा अवार्डमा यसपटक पनि चर्को भिडन्त हुने ३३ विधाका नोमिनेशनबाट अनुमान लगाउन सकिन्छ । पत्रकार सम्मेलनमा ६ जना जुरीले अवार्ड संयोजक शिव पुरीलाई मनोनयन हस्तान्तरण गरेका थिए । जुरीका तर्फबाट बोल्दै संयोजक नारायण पुरीले जुरी विच विभिन्न मत भिन्नता रहेपनि सुक्ष्म अध्ययन गरेर मनोनयन सार्वजनिक गरिएको बताए । अर्का जुरी भरत शाक्यले अवार्डमा फिल्म हेर्दा नेपाली फिल्मको विकास भएको आभाष भएको बताए । उनले संवाद, लेखनमा अझै मिहिनेत गर्नुपर्ने बताए ।

namrata-shrestha-at-Nefta-nomination

अवार्डका संयोजक शिव पुरीले आफ्नो टिम र जुरीको सहयोगले नेफ्टा अवार्ड यहाँसम्म आइपुगेको बताएका थिए । अन्तरराष्ट्रिय कलाकार मञ्च कतारसँग सहकार्य गर्दै नेफ्टाले कतारमा यो बर्ष अवार्ड आयोजना गर्न लागेको हो । यसअघि नेफ्टाले नेपालबाहिर मलेसिया र हङकङमा अवार्ड आयोजना गरिसकेको छ ।

Priyanka-Karki-at-Nefta-nomination

अध्यक्ष मनोज केसीले आफूहरुले नेपाली फिल्मको विकासका लागि नै अवार्ड आयोजना गर्दै आएकाले चित्त नवुझेका कुरा अगाडि आएर भन्न र पछि बसेर कुरा नकाट्न आग्रह गरे । त्यस्तै उनले भूकम्पपछि नेपाल असुरक्षित छ भन्नेहरुका लागि नेपाल केहि नभएको भन्ने सन्देश पनि दिने पत्रकार सम्मेलनमा जानकारी दिए ।

reecha-sharma-at-Nefta-nomination

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu