निर्देशनमा उत्रिदै भुवनकी पूर्व श्रीमती सुस्मिता



Susmita-KC

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक भुवन केसीको पूर्वपत्नी सुस्मिता बमजमले पनि अब चलचित्र निर्देशन गर्ने भएकी छिन् । लामो समय नायक भूवन केसीसँग बैबाहिक सम्बन्धमा रहेपछि छुटिएर टाढा बसिरहेकी सुस्मिता भारतीय व्यापारीसँग बिहेको तयारीमा लागेको खबर पनि बाहिर आएको थियो । तर उक्त कुरालाई गलत सावित गर्दै सुस्मिता चलचित्र निर्देशनमा उत्रिन लागेकी हुन् ।

अहिले सुस्मिता नेपालमा रहेकी छिन् भने आफुले निर्देशन गर्न लागेको चलचित्रका लागि कलाकार खोजिरहेकी छिन् । खबर अनुसार उक्त चलचित्रमा उनका छोरा अनमोल केसी रहने छैनन् । नाम नखुलाइएको उक्त चलचित्रमा सुस्मिता नयाँ अनुहार देखाउने सुरुमा रहेकी छिन् । स्रोतले बताए अनुसार भारतीय उद्योगपती सोहन जैसवालले उक्त चलचित्रमा लगानी गर्ने छन् । उनै सोहनसँग सुस्मिताको हिमचिम रहेको पनि खबर बाहिर आइरहेको छ तर यो विषयमा अहिले सम्म आधिकारिक जानकारी भने बाहिर आइसकेको छैंन ।

सुस्मिताले पूर्व पति भूवन केसीसँग मिलेर अभिनय तथा निर्माण गरेका ‘म तिमी विना मरिहाल्छु’, ‘करोडपति’, ‘नेपाली बाबु’ जस्ता सिनेमा चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu