गायिका जुना प्रसाईँ अब मोडेल पनि (भिडियो)



Juna-Prasai

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायिका जुना प्रसाईको ‘पागल’ बोलको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर जुना प्रसाईँको रहेको छ । गायिका जुना प्रसाई यसै गीतको भिडियो मार्फत मोडलको रुपमा पनि उदाएकी छिन् ।

उदय राज पौडेलको समेत स्वर रहेको यो गीतमा उनकै संगीत छ । गीतलाई गायिका जुनाले नै देखेकी हुन् । भिडियोमा जुना र कुमार रेग्मीले अभिनय गरेका छन् । निशान घिमिरेको सम्पादन, धिरज जंग शाहको छायांकन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

नेपाली गीतसंगीतमा चर्चित गायिकाको रुपमा स्थापित जुनाले अब गीतसँगै मोडलिङलाई पनि अगाडि बढाउने बताइन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu