‘मेरी बास्सै’ लिएर चाँडै फर्किँदै धुर्मुस–सुन्तली



Dhurmus-suntali-new-1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते गएको भूकम्पपछि भूकम्प पीडितका लागि घर, चर्पी, विद्यालय निर्माणमा लागेका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अब चाडै ‘मेरी बास्सै’ लिएर दर्शक माझ आउने भएका छन् ।

काभ्रेमा २० घर, २० धारा, २० चर्पी बनाएपछि उनीहरु ‘मेरी बास्सै’बाट कमब्याक गर्ने तयारीमा लागेका हुन् । उनीहरुले निर्माण गरेको यो २० घरमा काभ्रेको डाँडागाउँ, पोखरीबस्तीका २० परिवारले आश्रय लिनेछन्। धुर्मुस सुन्तलीकै नामबाट राखिएको भूकम्प प्रतिरोधी ती सबै घर तीनकोठे छन्। घरभित्रै चर्पी छ। चर्पीको दिसाबाट बायोग्याँस उत्पादन गरिएको छ ।
Dhurmus-suntali-new-2

बस्ती निर्माण सुरु गरेपछि जम्मा दुई पटकमात्र धुर्मुस काठमाडौं आएका थिए । धुर्मुस, सुन्तलीलाई सरकारले सरसफाई दुतमा नियुक्त गरेपछि उनीहरु सामाजिक काममा अझै बढी सक्रिय भएका हुन् । यो अभियान सरकारलाई सघाउ अभियान पनि भएको उनीहरुले स्पष्ट गरेका छन् । यो जोडीसगैं हाँस्य टेलीश्रृंखला भद्रगोल टोली र सगुन डट कम एकीकृत वस्ती निर्माणमा क्रियाशील थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu