नेपाल चीन मैत्री सम्बन्ध कायम भएको ६ दशक पुगेको उपलक्ष्यमा राजधानीमा मंगलबारबाट चिनियाँ फिल्म फेस्टिभल सुरु भएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावास र वर्ल्ड कल्चर नेटको संयोजन रहेको फेस्टिभलको पहिलो दिन नेपालकै हिमाली भूभागको सामाजिक सांस्कृतिक परिवेश ठ्याक्कै मिल्ने चीनको युनान प्रान्तको एउटा हिमाली बस्ती सांग्रिलामा बस्ने एक तन्नेरी जबर्जस्त सपनालाई लिएर बनाइएको चलचित्र ‘वाइल्ड हर्स फ्रम सांग्रिला’ देखाइएको थियो । सन् २००९ मा रिलिज भएको र बकस अफिसमा झन्डै दश लाख डलर कमाई गरेको को निर्देशन जी गो लीले गरेका छन् भने चलचित्रमा जेन्दुन होडसाडले मनछुने अभिनय गरेका छन् ।
यस पटक भने फेस्टिभललाई चलचित्र विकास बार्डले होस्ट गरेको छ । यो चलचित्र मंगलबार बोर्डकै हलमा देखाइएको भएपनि बुभबार र बिहिबार भने केएल टावरमा देखाइने विकास बोर्डका अध्यक्ष राजकुमार राईले जानकारी दिए । मंगलबार चिनियाँ फिल्म फेस्टिभलमा विकास बोर्डका अध्यक्ष र वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकारले यस फेस्टिभलबाट फरक समाज बुझ्ने अवसर रहेको दाबी गरे ।
कान्तिपुर दैनिक बाट ।