नेपालमा खिचिएको ‘एभरेष्ट’ भेनिस फिल्म फेस्टिभलमा देखाइने



Everest

भदौ १६ देखि २६ सम्म इटालीमा सञ्चालन हुने ७२ औं भेनिस फिल्म फेस्टिभलमा नेपालमा खिचिएको हलिउड चलचित्र ‘एभरेष्ट’ पनि देखाइने भएको छ ।

काठमाडौंदेखि विश्वकै उच्च स्थान सगरमाथाको चुचुरोसम्मलाई चलचित्रमा कैद गरिएको छ । यूनिभर्सले पिक्चर्सले निर्माण गरेको यो चलचित्रले सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका अमेरिकी आरोहीहरुको कथालाई उठान गरेको छ । बाल्टासुर कोर्माकुरले निर्देशन गरेको यो चलचित्रमा हलिउडका चर्चित कलाकारहरुले अभिनय गरेको देख्न सकिनेछ ।

चलचित्रमा जेसन क्लार्क, जोस ब्रोलिन, जोन हक्स, रोविन राइट, साम वार्थिङ्टनको मुख्य भूमिका छ । यसै बर्षको सेप्टेम्बर १८ मा यो चलचित्र प्रदर्शन हुदैंछ । चलचित्रले कमाइबाट प्राप्त हुने केही रकम नेपालका भूकम्प पीडितका लागि खर्च गरिने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu