१७ वर्षकी नीताको ‘चाँडै आऊ है’



neeta-chadai-aau-hai

नीता ढुंगाना अहिलेकी चल्तीकी नायिका हुन् । गतवर्ष ‘मसान’ बाट अभिनेत्रीको राष्ट्रिय अवार्ड नै जितिसकेकी नीताको डेब्यू फिल्म भने बल्ल रिलिज हुन लागेको छ । हेटौंडाकी नीता १७ वर्षको उमेरमै फिल्म ‘चाँडै आऊ है’ मा अभिनय गर्न काठमाडौं आएकी थिइन् । तर फिल्म भने झन्डै चार वर्ष ढिलो गरी बल्ल साउन २९ मा हलमा आउँदैछ । स्वर्गीय दिपक रायमाझीले उनलाई नायिकामा डेब्यू गराएका हुन् । त्यसअघि भने उनी बालकलाकारको भुमिकामा टेलिसिरियल ‘चेतना’ र फिल्म ‘मितिनी’, ‘अजम्बरी नाता’ मा खेलिसकेकी थिइन् ।

‘त्यो बेला दिपक सर ९निर्देशक० ले फिल्ममा नायिकामा नखेलाउनु भएको भए अहिले म हेटौंडामै हुन्थें होला,’ आफुलाई फिल्ममा ल्याउनुको श्रेय नीताले दिपकसहित संगीतकार चेतन सापकोटालाई पनि दिईन् । उनले थपिन्, ‘त्यो बेला फिल्म खेल्न आउने मेरो निर्णय एकदम सही रहेछ । अझ यो फिल्म समयमै आएको भए आजकी नीता यो भन्दा धेरै माथि पुगिसक्थी होला । धन्न फिल्म रिलिज भएको छ ।’ हेटौंडाकै छिमेकी चेतनले नै नितालाई पहिलो पटक म्युजिक भिडियोमा ब्रेक दिएका थिए भने फिल्ममा पनि अनुबन्ध गराउन सहयोगी बनेका थिए ।

यतिबेला ‘फूलैफूलको मौसम तिमीलाई’ को छायांकन सकेर बसेकी नीताले सोर्सफोर्सकै आधारमा आफूले फिल्ममा खेल्न पाएको पनि जिकिर गरिन् । सोमबार ‘चाँडै आऊ है’ को प्रेसमिटमा बोल्दै नायिकाले भनिन्, ‘भर्खरै मैले फिल्मको गीत हेरेकी थिएँ । त्यो बेला त धेरै नै सानी रहेछु । दर्शकलाई पनि म सानी नीता हेर्न अनुरोध गर्छु ।’ चेतनले भने हेटौंडामै स्वअध्ययनबाट अरुलाई नृत्य सिकाउने नीताको क्षमता देखेरै फिल्म क्षेत्रमा भित्र्याएको बताए । फिल्ममा नीतासहित अयुब केसी, झरना थापा, सुमन सिंहको अभिनय रहेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu